Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

मेलम्चीको आमाथाङ्कामा पानी लिकेज भएकाे  सुरुङ जाँच गर्न गएका दुई कर्मचारी बेपत्ता

मेलम्चीको आमाथाङ्कामा पानी लिकेज भएकाे  सुरुङ जाँच गर्न गएका दुई कर्मचारी बेपत्ता

  • मंगलवार, आषाढ ३० २०७७

  • 692
    SHARES

  • मेलम्चीको आमाथाङ्कामा पानी लिकेज भएकाे  सुरुङ जाँच गर्न गएका दुई कर्मचारी बेपत्ता

    मेलम्ची खानेपानी आयोजनाको आमाथाङ्कामा पानी लिकेज भएकाे  सुरुङ जाँच गर्न गएका दुई कर्मचारी बेपत्ता भएका छन् । दिउँसो करिब १.०० बजे सुरुङका ३२ वटा गेटमध्ये १७ नम्बर गेटमा पानी चुहिएपछि जाँच गर्न गएका चार जनामध्ये दुई जनालाई पानीले उच्छिट्याउँदा घाइते भएका थिए भने दुई जना हराइरहेको जनाएको छ ।

    हराइरहेकामा एक जना आयोजनाका सवारी चालक रहेकाे र एक सिनाे हाइड्राेका चिनियाँ इञ्जिनियर भन्ने जानकारी भए पनि साे पुष्टि भइ नसकेकाे आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले गाेरखापत्र अनलाइनलाइ बताउनुभयाे ।सुरुङ  परीक्षणका लागि छाडिएकाे पानीले गेट फाेडे पछि घटना भएकाे हुन सक्ने बताइएकाे छ ।

    अहिले सुरुङमा पानी कम भइसकेकाे र उहाँहरूकाे खाेजी भइरहकाे प्रवक्ता पन्तले बताउनुभयाे । 
    घाइतेको मेलम्ची स्वास्थ्य चाैकीमा उपचार भइरहेको र उहाँहरूलाई काठमाडौँ ल्याउन काठमाडौँबाट श्री एयरको हेलिकोप्टर उडिसकेको पन्तले बताउनुभयाे ।

     


    मंगलवार, आषाढ ३० २०७७०३:३३:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij