Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

कांग्रेसको महाधिवेशन भदौमा गर्ने प्रस्ताव

कांग्रेसको महाधिवेशन भदौमा गर्ने प्रस्ताव

  • बुधवार, फाल्गुण ५ २०७७

  • 870
    SHARES

  • कांग्रेसको महाधिवेशन भदौमा गर्ने  प्रस्ताव

    काठमाडौँ – नेपाली कांग्रेसको महाधिवेशन आगामी भदौमा गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा पेस भएको छ ।


    केहीबेर अघि सुरू केन्द्रीय कार्यसमिति बैठकमा भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको हो।

    कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय समिति बैठक सुरू भएको छ।

    वरिष्ठ नेता रामचन्द्र पौडेलले जेठमा महाधिवेशन गर्नुपर्ने अडान राख्नुभएको थियो । पौडेल र सभापति शेरबहादुर देउवाबीच सहमतिपछि भदौमा महाधिवेशन गर्ने गरी केन्द्रीय समितिमा प्रस्ताव गरिएको छ।

    छलफलपछि केन्द्रीय समितिले यो प्रस्ताव पारित गरेमा भदौमा महाधिवेशन हुनेछ।

    भदौमा महाधिवेशन गर्न देउवा नेतृत्वको कार्यसमितिको म्याद थप गर्नुपर्ने हुन्छ। संविधानको व्यवस्थाअनुसार अब छ महिना म्याद थप गर्न मिल्छ।

    सभापति देउवाको कार्यकाल फागुन १९ गतेसम्म छ।

    कांग्रेसले दिउँसो २ बजे केन्द्रीय समिति बैठक बोलाएको थियो। तीन घण्टा ढिलो गरी बैठक सुरू भएको छ।


    बैठक बस्नुअघि सभापति र वरिष्ठ नेता पक्षका केन्द्रीय सदस्य आन्तरिक छलफलमा जुटेका थिए।

    कांग्रेसले आजको केन्द्रीय समितिबाट महाधिवेशन कार्यतालिकासमेत सार्वजनिक गर्ने तयारी गरेको छ।

     


    बुधवार, फाल्गुण ५ २०७७०५:४१:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij