Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सरकारका गलत कदमको विरोध काँग्रेसले सधैँ गर्छ : नेता कोइराला

सरकारका गलत कदमको विरोध काँग्रेसले सधैँ गर्छ : नेता कोइराला

  • सोमवार, फाल्गुण ३ २०७७

  • 962
    SHARES

  • सरकारका गलत कदमको विरोध काँग्रेसले सधैँ गर्छ : नेता कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णय असंबैधानिक भन्दै काँग्रेस त्यसको विरोध गरिरहेको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा.कोइरालाले भन्नुभयो,“काँग्रेसले वडा तहसम्म विरोध गरेको छ, संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदम अराजक भन्दै आएका छौँ, काँग्रेसले विरोध गरेन भन्नु सरासर गलत छ ।”

    उहाँले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धा सर्वोच्च अदालतको संबैधानिक इजलासमा सुनुवाई भइरहेकाले त्यसबारे आफूले दबाव नदिने बताउनुभएको छ ।

    विरोध सभा सशक्त पार्ने विषय र पार्टीको महाअधिवेशनको विषयमा अगामी बैठकमा छलफल गर्ने नेता डा. कोइरालले जानकारी दिनुभयो ।

    सरकारले भ्रष्टाचारका धेरै घटनामाथि निष्पक्ष अनुसन्धान नगरेको पनि नेता डा. कोइरालाको भनाइ छ ।

    फरक प्रसंगमा उहाँले निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको सरकारले भागरथी भट्टलाई न्याय दिन्छ भन्ने विषयमा शंका उत्पन्न हुन थालेको उल्लेख गर्नुभयो ।

     

     


    सोमवार, फाल्गुण ३ २०७७०७:०३:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij