Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

दीपाश्री निरौलाका पक्षमा सात संस्थाले निकाले संयुक्त वक्तव्य, दिए यस्तो चेतावनी

दीपाश्री निरौलाका पक्षमा सात संस्थाले निकाले संयुक्त वक्तव्य, दिए यस्तो चेतावनी

  • सोमवार, आषाढ २९ २०७७

  • 711
    SHARES

  • दीपाश्री निरौलाका पक्षमा सात संस्थाले निकाले संयुक्त वक्तव्य, दिए यस्तो चेतावनी

    काठमाडौँ । कलाकार दिपाश्री निरौलामाथि सामाजिक सञ्जालमा भइरहेको गाली गलौजविरुद्ध चलचित्रसँग सम्बन्धित सात संस्थाहरुले वक्तव्य जारी गरेका छन् । उनीहरुले गालीगलौज नरोकिए अब साइबर कानुन अनुसार कारबाहीको प्रकृया अगाडि बढाउने चेतावनी दिएका छन् ।

    अभिनेता राजेश हमालमाथि महानायक शब्दबारे दिएको अभिव्यक्तिपछि दीपाश्री निरौलामाथि आएका आरोप/प्रत्यारोप र गालीगलौजले पराकाष्ठा नाघेको वक्तव्यमा उल्लेख छ ।

    सामाजिक सञ्जालमा आएका यस किसिमका प्रतिक्रिया नरोकिएमा आफूहरु अब साइबर कानुन अनुसार कारबाहीको प्रकृया अगाडि बढाउने संयुक्त वक्तव्यमा उल्लेख गरिएको हो ।

    ‘वर्तमान सन्दर्भमा सामाजिक सञ्जालमा चलचित्रकर्मी लक्षित गालीगलौच र अश्लिल प्रतिक्रिया आएकोप्रति हामी संवेदनशील भएका छौं । यस किसिमका प्रतिक्रिया नरोकिए यो प्रतिक्रिया नेपालबाट आएको भए नेपालको साइबर कानुन अनुसार र विदेशबाट आएको भए परराष्ट्र मन्त्रालयमार्फत कारबाहीको प्रकृया अगाडि बढाउने पनि यही वक्तव्यमार्फत जानकारी गराउन चाहन्छौं’, वक्तव्यमा उल्लेख छ ।

    चलचित्रसँग सम्बन्धित संस्थाहरु नेपाल चलचित्र संघ, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र द्वन्द्व संघ र नेपाल चलचित्र नृत्य संघले उक्त वक्तव्य जारी गरेको हो ।

    कुनै अभिव्यक्तिको टिप्पणीलाई लिएर सिंगो चलचित्र जगत अफवाहपूर्ण कुतर्क र एकअर्काको मानमर्दन हुनु दुस्खपूर्ण रहेको वक्तव्यमा उल्लेख गरिएको छ ।

    आफ्नो स्वतन्त्रताको उपभोग गर्दा पेशागत मर्यादा, सामाजिक मर्यादा, आपसी भाइचारा, सदाचार र संयमतालाई समेत मध्यनवर राखी अभिव्यक्ति दिन पनि अनुरोध गरेको छ ।

    ‘सबैलाई अभिव्यक्ति स्वतन्त्रता संविधानले दिएको छ । अभिव्यक्त गर्न पाउनु व्यक्तिको अधिकार हो । अभिव्यक्ति स्वतन्त्रताको नाममा कसैको मानमर्दन गर्नु, अश्लिल आक्षेप लगाउनु, व्यक्तिगत चरित्र हत्या गर्नु, कसैको पनि अधिकार छैन’, वक्तव्यमा लेखिएको छ ।

     


    सोमवार, आषाढ २९ २०७७०६:५१:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij