Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

आइतबारबाट २५ लाख कित्ता सेयर लिलामी खुला गर्दै एनसिसी बैंक

आइतबारबाट २५ लाख कित्ता सेयर लिलामी खुला गर्दै एनसिसी बैंक

  • शनिवार, फाल्गुण १ २०७७

  • 966
    SHARES

  • आइतबारबाट २५ लाख कित्ता सेयर लिलामी खुला गर्दै एनसिसी बैंक

    काठमाडौं । एनसिसी बैंकले आइतबारबाट २५ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गर्नेभएको छ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

    यसमा न्यूनतम १४० रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने बैंकले जनाएको छ ।लगानीकर्ताहरुले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । आगामि फागुन ९ गतेसम्म आवेदन दिन सकिनेछ ।

    बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।लिलामी सेयरको आवेदन आगामि फागुन १० गते दिउँसो १ बजे सनराइज क्यापिटलको कार्यालय कमलपोखरीमा खोलिने बैंकले जनाएको छ ।   


    शनिवार, फाल्गुण १ २०७७११:४७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij