Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

काठमाडौं उपत्यकामा कोरोना जोखिम उच्च, आजमात्रै थपिए १६ जना संक्रमित

काठमाडौं उपत्यकामा कोरोना जोखिम उच्च, आजमात्रै थपिए १६ जना संक्रमित

  • बुधवार, आषाढ १७ २०७७

  • 1.0K
    SHARES

  • काठमाडौं उपत्यकामा कोरोना जोखिम उच्च, आजमात्रै थपिए १६ जना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्याकामा १६ जना कोरोना संक्रमित थपिएका छन्। बुधबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले उपत्यकामा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताउनुभयो ।

    पछिल्लो २४ घण्टामा शुुक्रराज ट्रपिकल अस्पतालमा काठमाडौँका २ महिला र ४ पुरुष, पाटन अस्पतालमा भक्तपुरका १ महिला, काठमाडौँका ३ महिला १ पुरुष, ललितपुरका ३ महिला २ पुरुष र धुलिखेल अस्पतालमा भक्तपुरका १ पुरुषमा कोरोना संक्रमण पोजिटिभ भेटिएको हो।

    पछिल्लो २४ घण्टामा उपत्यकाका १६ सहित ११७ जना महिला र ३६५ पुरुष गरी देशभरमा ४८२ जनामा कोरोना संक्रकमण पुष्टि भएको प्रवक्ता गौतमले बताउनुभयो । योसँगै नेपालमा कुल संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ।


    बुधवार, आषाढ १७ २०७७०४:५९:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij