Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

हतियारसहितको राजनीति विप्लवको बाध्यता हो : कट्टेल

हतियारसहितको राजनीति विप्लवको बाध्यता हो : कट्टेल

“विप्लव सार्वजनिक हुन चाहनुहुन्छ तर सरकारले वातावरण बनाएन”
  • शुक्रवार, माघ ३० २०७७

  • 1.0K
    SHARES

  • हतियारसहितको राजनीति विप्लवको बाध्यता हो : कट्टेल

    काठमाडौं । ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष कट्टेलले वर्तमान प्रतिक्रियावादी राज्यसत्ताको अन्त्य गरी जनगणतन्त्र र वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यले रणनीतिक संयुक्त मोर्चा बनाएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कट्टेलले भन्नुभयो,“ हामीले राजनीतिक संयुक्त मोर्चा बनाउन सहकार्य गरेको हो, ओली सरकार असफल भयो, सुधारबादी हुन सकेन त्यहि भएर अहिले विप्लवलाई मोहोरा बनाएको छ, हत्या हिंसा विप्लवको बाध्यता हो, नेत्रबिक्रम चन्द अब सार्वजनिक हुनुहुन्छ । ”

    कट्टेलले शान्ति संर्घषमा विप्लव आउन चाहेपनि अहिले सम्म सरकारले बाहिर आउने वातावरण नबनाएको बताउनुभयो । अब क्रान्तिको बाटो हतियार नभएर जनबाद भएको उहाँको धारणा छ ।

    बिहीबार मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)-विप्लव समूह, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले रणनीतिक संयुक्त मोर्चा घोषणा गरेका थिए ।

    मोर्चाले सरकारविरुद्ध माघ २९ देखि फागुन १८ गतेसम्मका संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेको थियो ।


    शुक्रवार, माघ ३० २०७७०७:३१:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij