Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

तरुण दलले बीपी स्मृति दिवस सप्ताहव्यापी मनाउने

तरुण दलले बीपी स्मृति दिवस सप्ताहव्यापी मनाउने

  • सोमवार, आषाढ २९ २०७७

  • 704
    SHARES

  • तरुण दलले बीपी स्मृति दिवस सप्ताहव्यापी मनाउने

    काठमाडौँं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले हरेक वर्ष साउन ६ गते मनाइने बीपी स्मृति दिवसलाई सप्ताहव्यापी रूपमा मनाउने भएको छ । तरुण दलले कांग्रेसका संस्थापक तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३८औं स्मृति दिवसलाई विभिन्न रचनात्मक कार्यक्रम गरेर सप्ताहव्यापी मनाउने भएको हो ।

    केन्द्रीय कार्यसमितिले बीपी स्मृति दिवसका अवसरमा विभिन्न रचनात्मक र सिर्जनात्मक कार्यक्रम गरी मनाउने निर्णय गरेको अध्यक्ष जितजंग बस्नेतले जानकारी दिनुभयो । उहाँले अनुसार तरुण दलले स्मृति दिवसका अवसरमा मनाइने कार्यक्रमहरू तय गरेर जिल्लाहरूलाई परिपत्र पनि गरिएको छ ।

    यस्तो छ दलको परिपत्र

    प्रस्तुत विषयमा महामानव बीपी कोइरालाको ३८औं स्मृति दिवस यही मिति २०७७ साउन ६ गते साप्ताहिक रूपमा विभिन्न रचनात्मक एवं सिर्जनात्मक कार्यक्रमहरू गरी मनाउने नेपाल तरुण दल केन्द्रीय समितिको निर्णय भएको जानकारी गराउँदै त्यस जिल्ला समितिले तपसिलका कार्यक्रमहरू गरी÷गराई मनाउन यो परिपत्र गरिएको छ ।

    १. नेपाली कांग्रेस जिल्ला समितिले आयोजना गर्ने कार्यक्रममा सम्पूर्ण तरुणहरूलाई सहभागी गराउने ।

    २. बीपी स्मृति दिवस वृक्षरोपण, सरसफाइ, रक्तदान, फलफूल वितरण, अन्तर्क्रिरयाजस्ता रचनात्मक र सिर्जनात्मक कार्यक्रमहरू गरी साप्ताहिक रूपमा मनाउने ।

    ३. कोभिड–१९ को प्रभावित जिल्लामा भएका क्वारेन्टिनहरूमा सरसफाइ, शुद्ध खानेपानी वितरणजस्ता कार्यहरू गर्ने÷गराउने र यससम्बन्धी सचेतना फैलाउने ।

    ४. स्थानीय प्रशासन एवं निकायहरूसँग समन्वय गरी बाढी–पहिरो प्रभावित जिल्लाका साथीहरूले पीडित जनतालाई सहायता वितरण, उद्धार र पुनःस्थापनामा क्रियाशील रहने ।

    ५. कोभिड–१९ बाट बच्न अपनाउनुपर्ने सजगता, प्राकृतिक विपत् र जोखिम व्यवस्थापनको सम्बन्धमा समुदायहरूमा सचेतनामूलक कार्यक्रमहरू गर्ने ।

    ६. बीपी स्मृति दिवस भव्य र व्यापक रूपमा मनाउन जिल्लाका सम्पूर्ण तह (क्षेत्र, महानगर, नगर, गाउँपालिका र वडा समिति) का समितिहरूलाई परिपत्र गरी निर्देशन गर्ने ।

    ७. त्यस जिल्लामा गरिएका सम्पूर्ण कार्यक्रमको प्रतिवेदन केन्द्रीय कार्यालयमा पठाउनुहोला ।

    नोटः अनिवार्य रूपमा मास्कको प्रयोग गरौं, सामाजिक दूरी कायम गरी कोभिड–१९ बाट आफू पनि बचौं र अरूलाई पनि बचाऔँ ।


    सोमवार, आषाढ २९ २०७७०४:१५:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij