काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ । बैठक बेलुका ६ बजेका लागि बोलाइएको बताइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले कोरोना भाइरस (कोभिड १९) का कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वादेश फर्काउनेबारे सर्वोच्च अदालतले दिएको आदेशअनुसार निर्देशिका पारित गर्ने सम्भावना रहेको छ ।
त्यस्तै रिक्त विभिन्न संवैधानिक निकायमा रिक्त पदपूर्तिका विषयमा समेत छलफल हुने एक मन्त्रीले जानकारी दिएका छन् ।