Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

भारतले नेपालबाट जाने नदीलाई उचित निकास नदिएर हस्तक्षेप गर्‍योः गृहमन्त्री थापा

भारतले नेपालबाट जाने नदीलाई उचित निकास नदिएर हस्तक्षेप गर्‍योः गृहमन्त्री थापा

  • सोमवार, आषाढ २९ २०७७

  • 944
    SHARES

  • भारतले नेपालबाट जाने नदीलाई उचित निकास नदिएर हस्तक्षेप गर्‍योः गृहमन्त्री थापा

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सीमासँग समानान्तर सडक निर्माणलगायतका संरचना निर्माण गरेर भारतले नेपालमाथि हस्तक्षेप गरेको बताउनुभएको छ । पटकपटक भएका सन्धि र सम्झौताको उल्लंघन गर्दै भारतले नेपालबाट जाने नदीलाई उचित निकास नदिएर हस्तक्षेप गरेको उहाँको भनाइ छ ।

    प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उहाँले नेपालमा बाह्य हस्तक्षेपलाई रोक्न नसक्दाखेरि डुबान भएको र सीमामा समानान्तर रूपमा भारतले सडक बनाउँदा तराई क्षेत्रमा डुबान हुने गरेको उहाँको भनाइ छ । नेपाली भूमिलाई डुबानमा पार्ने गरी भएका भारतीय निर्माण बारे पटकपटक दुई देशबीच छलफल भएको तर त्यसले उचित निकास नपाएको मन्त्री थापाको भनाइ छ ।

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका पछिल्ला नेपाल भ्रमणका क्रममा तराईमा भारतका कारण भइरहेका बाँध र सडकका कारण भएका डुबानबारे छलफल भएको तर भारतले सम्झौताअनुसार काम नगरेकाले नेपाल झन् डुबानमा परेको गउहाँले बताउनुभयो ।

    समितिको छलफलमा सांसदहरूले भारतले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म नेपालको सीमामा सडक निर्माण गरेर बर्खाको पानी निकास हुन नदिएको बताएका थिए । उनीहरूले भारतले सीमामा निर्माण गरेका बाँधका कारण पनि नेपाल डुबानमा परेको बताएका थिए ।समितिले भने त्यसरी निर्माण भएका संरचना हटाउनका लागि निर्देशन दिएको छ ।


    सोमवार, आषाढ २९ २०७७०३:३४:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij