Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य !

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य !

मूल्य बढाएपछि पनि निगम भन्छ : नोक्सानकै अवस्था छौँ
  • बिहिवार, माघ २९ २०७७

  • 1.3K
    SHARES

  • फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य !

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरी बढेको छ ।

    हिजो राती १२ बजेदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २-२ रुपैयाँले बढाएको हो । योसँगै काठमाडौं उपत्यकामा पेट्रोल १ सय १२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९५ पुगेको छ ।

    यसपटक खाना पकाउने एलपी ग्यास पनि महँगिएको छ । एलपी ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँले महँगिएर प्रति सिलिन्डर १ हजार ४ सय पुगेको हो ।

    अन्तराष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि मूल्य बढाउनु परेको निगमले जनाएको छ । बढाइएको मूल्यमा बिक्री गर्दा पनि पेट्रोल, डिजेल र एलपी ग्यासमा नोक्सानकै अवस्था रहेको निगमले जनाएको छ ।


    बिहिवार, माघ २९ २०७७०७:५५:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij