काठमाडौं । नेकपाको प्रचण्ड–माधव समूहको विरोधसभा यतिवेला भृकुटीमण्डपमा जारी छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड–माधव समूहको सभालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।

अहिले अर्का अध्यक्ष र माधवकुमार नेपालले सम्बोधन गरिहनुभएको छ ।

यसअघि वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले सम्बोधन गरिसक्नुभएको छ ।

विरोधसभामा सहभागी हुन विभिन्न ठाउँबाट हजारौंको संख्यामा कार्यकर्ता आएका छन् ।
यसअघि गत माघ २२ गते पनि प्रचण्ड–माधव समूहले देशव्यापी आमहड्तालको आयोजना गरेको थियो ।
