Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images
प्रदेश–१ :

नेकपाका दुई समूहबीच प्रदेशसभामा यसकारण सहमति जुट्न सकेन !

नेकपाका दुई समूहबीच प्रदेशसभामा यसकारण सहमति जुट्न सकेन !

  • आइतवार, माघ २५ २०७७

  • 1.1K
    SHARES

  • नेकपाका दुई समूहबीच प्रदेशसभामा यसकारण सहमति जुट्न सकेन !

    काठमाडौं । प्रदेश–१ को प्रदेशसभा बैठक राख्नेबारे नेकपाका दुई समूहबीच सहमति जुट्न सकेन । आजको बैठकअघि दुई समूहका नेताहरु वार्तामा बसेका थिए । तर, आ–आफ्नो अडान छोड्न नमानेपछि बिना सहमति नेताहरु उठेका छन् ।

    ओली समूहका नेताहरुले आज निर्धारित बैठक सूचना टाँसेर स्थगित गर्ने र छलफल अगाडि बढाउने प्रस्ताव राखेका थिए । तर, प्रचण्ड–माधव समूहका नेताहरुले कम्तीमा पनि आज बैठक राखेर मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेश गरिनुपर्ने अडानमा कायमै रहेका छन् ।

    बैठक १८ दिन स्थगित भइसकेकाले अब मुख्यमन्त्री शेरधन राईविरुद्ध परेको अविश्वासको प्रस्ताव टेबल गरेर अगाडि बढ्नुपर्ने अडान आफूहरुले राखेको वार्तामा सहभागी प्रचण्ड–माधव समूहका नेता राजेन्द्र राईले बताउनुभयो ।

    तर, यसमा ओली समूह तयार नभएको उहाँले बताउनुभयो । दुवै समूह अडानमा कायमै रहेपछि वार्ता बिना निष्कर्ष सकिएको छ ।

    बैठक बस्नेबारे कार्यव्यवस्था परामर्श समितको बैठकमा पनि दुवै समूहले यही अडान राखेका छन् । कुरा मिल्न नसक्दा दुई बजे बोलाइएको प्रदेशसभा बैठक बस्न सकेको छैन ।

     


    आइतवार, माघ २५ २०७७०३:०७:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij