काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासङ्घका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँले वृद्धि भएको हो ।
गत शुक्रबार तोलाको ९० हजारमा कारोबार भएको सुन आज ९० हजार ६ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । गत शुक्रबार तोलाको १२ सय ९० मा कारोबार भएको चाँदी १ सय रुपैयाँले वृद्धि भई आज १ हजार ३ सय १० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।