काठमाडौं । १० वर्षदेखि साउदी अरेबियामा बन्दी जीवन बिताइरहेकी एक नेपाली महिलाको नेपाली प्रवासी समाज साउदी अरेबियाले उद्धार गरेको छ ।
दलालको विभिन्न प्रलोभनमा परी घरेलु कामको लागि भारतको नयाँ दिल्लीहुँदै साउदीको राजधानी रियादभन्दा ३ सय किलोमिटर टाढा पुगेकी पाल्पा छहरा ४ की सम्झना थापा मगरको उद्धार गरिएको हो ।
पीडितलाई दलालले ललिता गुरुङ नाम गरेको राहदानी बनाएर त्यहाँ पु¥याएको खुलेको छ । साउदी नागरिकको घरमा १० वर्षदेखि काम गर्दै आएकी उनलाई घरपरिवार, आफन्त कसैसँग पनि सम्पर्क गर्न नदिएको गुनासो छ ।