Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images
देशव्यापी आमहड्ताल

ओली नसच्चिए ठूलो जनआन्दोलन हुन्छ : प्रचण्ड

ओली नसच्चिए ठूलो जनआन्दोलन हुन्छ : प्रचण्ड

  • बिहिवार, माघ २२ २०७७

  • 1.3K
    SHARES

  • ओली नसच्चिए ठूलो जनआन्दोलन हुन्छ : प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको निर्णय नसच्चिए ठूलो जनआन्दोलन हुने बताउनु भएको छ।

    बिहीबार आह्वान गरिएको आमहडतालका लागि सातदोबाटोको सडकमा निस्किनु भएका अध्यक्ष दाहालले सञ्चारकर्मीसँगको कुराकानीमा फागुन पहिलो साता सबै पक्षसँग मिलेर ठूलो आन्दोलन घोषणा गर्ने तयारी गरिएको बताउनुभएको हो ।

    उहाँले भन्नुभयो “आज हामी हिजो असंवैधानिक तवरबाट गरिएको संवैधानिक नियुक्तिको विरोधमा सडकमा निस्किएका छौं। हाम्रो माघ २८ गतेको विशाल जनसभाको कार्यक्रम पनि यथावत छ। हामी नागरिक समाजसहित सडकमा आएका अन्य राजनीतिक दलसँग निरन्तर छलफलमा छौं। सम्भवतः फागुनको पहिलो हप्तामा संयुक्त आन्दोलन हुन्छ। त्यसपछि केपीको आयु सकिन्छ, यदि केपीले पश्चात्ताप नगरेर पछि नहट्ने हो भने अहिलेसम्मकै ठूलो जनाअन्दोलन हुन्छ।”


    बिहिवार, माघ २२ २०७७१०:२९:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij