Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images
देशव्यापी आमहड्ताल

आमहड्ताल सफल बनाउन भन्दै सडकमा प्रचण्ड

आमहड्ताल सफल बनाउन भन्दै सडकमा प्रचण्ड

  • बिहिवार, माघ २२ २०७७

  • 894
    SHARES

  • आमहड्ताल सफल बनाउन भन्दै सडकमा प्रचण्ड

    काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले आह्वान गरेको आमहड्ताल सफल बनाउन भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सडकमा निस्कनुभएको छ ।

    आफ्नो निवास नजिकै पर्ने ललितपुरको सातदोबाटो चोकमा उहाँ निस्कनु भएको हो । आजको आम हड्तालको लागि पार्टीले विभिन्न नेताहरुलाई विभिन्न ठाउँको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ ।

    संवैधानिक निकायमा सरकारले बलजफ्ती नियुक्ती गरेको विरोधमा नेकपाको दाहाल–नेपाल समूहले आज देशव्यापी आम हड्ताल घोषणा गरेको छ ।
    हड्तालका कारण काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन निकै नै कम चलेका छन् ।

    हड्तालमा बन्द प्रभावकारी बनाउन दाहाल–नेपाल समूहले ठाउँ ठाउँमा कमाण्डर नै तोकेको छ । तर गृह मन्त्रालयले बजार व्यवसाय खोल्न आग्रह गर्दै बाक्लो सुरक्षाकर्मी परिचालन गरेको छ ।

    अष्टलक्ष्मी शाक्य, हितमान शाक्यलगायतका नेता कार्यकर्ताले प्रहरीले बिहानै पक्राउ गरेको छ ।


    बिहिवार, माघ २२ २०७७१०:०१:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij