Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड–माधव समूहले बिहीबार आमहड्ताल गर्ने, यस्ता छन् अन्य कार्यक्रम !

प्रचण्ड–माधव समूहले बिहीबार आमहड्ताल गर्ने, यस्ता छन् अन्य कार्यक्रम !

  • बुधवार, माघ २१ २०७७

  • 970
    SHARES

  • प्रचण्ड–माधव समूहले बिहीबार आमहड्ताल गर्ने, यस्ता छन् अन्य कार्यक्रम !

    काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले बिहीबार देशव्यापी आमहड्ताल गर्ने घोषणा गरेको छ । प्रचण्ड–माधव समूहको केन्द्रीय संघर्ष समितिले आज पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहड्तालको घोषणा गरेको हो ।

    सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्तालसहित नयाँ संघर्षका कार्यक्रम घोषणा गरिएको पत्रकार सम्मेलनमा नेतृ पम्फा भुसालले जानकारी दिनुभयो ।

    यसअघिका प्रतिनिधिसभा विघटनविरुद्धजारी तेस्रो चरणका संघर्षका कार्यक्रमलाई परिमार्जित गर्दै आमहड्ताल घोषणा गरिएको प्रचण्ड–माधव समूहले जनाएको छ । यो समूहले असंवैधानिक र गैरकानुनी ढंगले संवैधानिक अंगमा पदाधिकारीहरुलाई सपथ खुवाइएकोमा भत्र्सना पनि गरेको छ ।

    त्यस्तै, प्रतिगमनलाई असफल पार्न जुनसुकै कदम चाल्न आवश्यक रहेकाले समूहले सबैलाई सहयोग गर्न आग्रह पनि गरेको छ । आम हड्तालमा बजार, शिक्षण संस्था, यातायातलगायत बन्द रहेपनि अत्यावाश्यक सेवा भने बन्द नगर्ने सो पक्षले जनाएको छ । त्यसका लागि आजै साँझ मसाल जुलुस निकालिने पत्रकार सम्मेलनमा नेतृ भुक्ष्सालले जानकारी दिनुभयो ।

    संघर्ष समितिका संयोगसमेत रहनुभएका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले यसबेला मुलुक गम्भीर संकटमा रहेको बताउनुभयो । उहाँले प्रतिगमन तीव्र गतिमा अघि बढेको भन्दै त्यसको निरन्तर प्रतिरोध गरिने पनि बताउनुभयो । उहाँले आमहड्ताल गर्नु आफूहरुको बाध्यता रहेको पनि बताउनुभयो ।

    पुस ५ मा प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपाको प्रचण्ड–माधव समूह तेस्रो चरणको आन्दोलनमा छ । तर, संवैधानिक निकायमा पदाधिकाहरू नियुक्त भएपछि यो समूह अझ रूष्ट भएको छ ।


    बुधवार, माघ २१ २०७७०३:१८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij