काठमाडौं । नुवाकोटमा उपप्रधानमन्त्री ईश्वर पोखरेल सवार गाडीलाई नेकपा प्रचण्ड–माधव समूहका युवाहरुले रोक्ने प्रयास गरेका छन् । ती युवाहरुले मन्त्री पोखरेललाई कालो झण्डा देखाएपछि प्रहरीसँग झडप भएको थियो । अहिले स्थिति सामान्य रहेको बताइएको छ ।
यसैबीच, उपप्रधानमन्त्री पोखरेलले तोकिएको समयमा नै प्रतिनिधिसभा निर्वाचन हुने बताउनुभएको छ । नुवाकोट सदरमुकाम विदुरमा नेकपाको ओली समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री पोखरेलले तोकिएकै समयमा निर्वाचन हुनेमा ढुक्क हुन सबैलाई आग्रह गर्नुभएको छ ।
सर्वोच्च अदालतले गर्ने फैसलालाई स्वीकार गरिने बताउँदै उहाँले त्यो सबैले मान्नुपर्नेमा जोड दिनुभयो ।
यसैबीच आज नै जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा पोखरेलले तोकिएका समयमा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक तयारी गर्न मातहतका निकायलाई निर्देशनसोत दिनुभयो ।