Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्ने १० संस्था खारेज, कुन–कुन संस्था परे खारेजीमा ?

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्ने १० संस्था खारेज, कुन–कुन संस्था परे खारेजीमा ?

  • सोमवार, माघ १९ २०७७

  • 1.5K
    SHARES

  • वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्ने १० संस्था खारेज, कुन–कुन संस्था परे खारेजीमा ?

    काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण गर्ने १० वटा संस्थालाई खारेज गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले नवीकरणका लागि कागजात पेस नगरेको र चित्तबुझ्दो स्पष्टीकरण नभएको भन्दै माघ १३ गते ती मेडिकल संस्थाहरूलाई खारेज गर्नुभएको हो ।

    मन्त्रालयका अनुसार नियमअनुसार पुस मसान्तसम्म र थप गरिएको १५ दिनभित्र पनि नवीकरण गर्न नआएकाले विशेषज्ञ समितिको सिफारिसका आधारमा खारेज गरिएको हो ।

    मन्त्रालयले खारेज गरेका स्वास्थ्य संस्थामा सुधा हेल्थ एन्ड मेडिकल सेन्टर, साउदी नेपाल मेडिकल सेन्टर, अनुरोध पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, गोदावरी डायग्नोस्टिक सेन्टर, पर्फेक्ट डायग्नोस्टिक सेन्टर, मेट्रो काठमाडौं अस्पताल, अल्का अस्पताल, अल्का पोलिक्लिनिक, रिलायबल मेडिकल सेन्टर र कन्काई डायग्नोस्टिक सेन्टर रहेका छन् ।

    यसअघि पनि मन्त्रालयले ३५ वटा स्वास्थ्यसंस्थालाई खारेज गरिदिएको थियो ।

     


    सोमवार, माघ १९ २०७७०२:१६:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij