Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

कृषि विकास बैंकले पोखराको चिप्लेढुंगामा खोल्यो नयाँ शाखा

कृषि विकास बैंकले पोखराको चिप्लेढुंगामा खोल्यो नयाँ शाखा

  • सोमवार, माघ १९ २०७७

  • 827
    SHARES

  • कृषि विकास बैंकले पोखराको चिप्लेढुंगामा खोल्यो नयाँ शाखा

    पोखरा । कृषि विकास बैंक लिमिटेडले पोखराको तिप्ले ढुंगामा शाखा बिस्तार गरेको छ । नयाँ खुलेको कार्यालय पोखरा महानगरपालिका वडा नं.–९ स्थित नयाँ बजारमा खुलेको हो ।

    आफ्नै स्वामित्वको नवनिर्मित अत्याधुनिक भवनको हालै एक कार्यक्रमबीच बैंक संचालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौला र प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिलकुमार उपाध्यायले उद्घाटन गर्नुभयो । सोही दिन कारोबारको पनि शुरुवात भएको प्रवक्ता हिमलाल पौडेलले जानकारी दिनुभयो ।

    उक्त कार्यक्रममा संचालक सदस्यहरु झक्कप्रसाद आचार्य, हरिप्रसाद पराजुली, डा. हरिबहादुर केसी, इन्दिरा श्रेष्ठ मास्के, सञ्जीव पौडेल, विनोद गुरागाईँ विशिष्ठ अतिथिको रुपमा रहनु भएको थियो ।

    साथै, कम्पनी सचिवसमेत रहेका प्रवक्ता पौडेल, केन्द्रिय तालिम प्रतिष्ठानका तालिम प्रमुख प्रकाश कडँेल ,गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक रघुनाथ न्यौपाने, मुख्य शाखा प्रबन्धक माधव रिजाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य बाबुुराम गिरी, फेवा सिटी हस्पिटल पोखराका आर्थिक विभाग प्रमुख डा. ध्रुव अधिकारी, बैंकमा क्रियाशिल युनियन नेपाल वित्तिय संस्था कर्मचारी संघका प्रदेश अध्यक्ष बद्रीनारायण पौडेल, कृषि विकास बैंक कर्मचारी संगठन प्रदेश अध्यक्ष भेषराज घिमिरे, बैंकका पूर्वनिर्देशक चेतनारायण सापकोटा, होटल पिनाकिनीका प्रबन्ध निर्दैशक सुशीला केसीलगायतको उपस्थिति थियो ।

    agr.jpg

    कार्यक्रममा बैंकको हाताभित्र रहेको एटिएम सेवाको उद्घाटन भने बैंकका संचालक समितिका सदस्यद्वय आचार्य र पराजुलीले गर्नुभएको थियो ।

    बैंक संचालक समितिका अध्यक्ष निरौलाले कृषि क्षेत्रको विकासमा निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनुभयो ।

    ‘यस बैंकबाट सुनदेखि नुनसम्म, हलोदेखि हाइड्रोसम्म लगानी भइरहेको छ । हाल वित्तीय बजारमा उपलब्ध सम्पूर्ण अत्याधुनिक बैंकिङ्ग सुविधाहरुको उपलब्धता यस बैकसँग रहेकोले सेवा लिनुहुन सम्पुर्णमा आग्रह गर्दछु’, उहाँले भन्नुभयो, ‘कर्मचारीलाई पनि सेवाग्राहीहरुले चासो लिएका विषय तथा निजलाई उपलव्ध गराउनु पर्ने सेवा सम्बन्धमा समयमा नै छिटो निर्णय दिई सेवामा चुस्तदुरुस्त हुने गरी अगाडि म सबैलाई आग्रह गर्छु ।’

    बैंकका सिइओ उपाध्यायले कृषि विकास बैंकको अरुलाई जोड्ने कृषि लाई नछोड्ने नीति लिएको जानकारी दिँदै हाल प्रचलनमा रहेका बैंकिङ्ग क्षेत्रका सम्पूर्ण प्रोडक्ट बैंकले उपलब्ध गराउदै आएकोले सेवा गर्ने मौका प्रदान गर्न आग्रह गर्नुभएको थियो ।


    सोमवार, माघ १९ २०७७११:५९:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij