Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

के प्रधानमन्त्रीले माघ २३ को सभामा नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न लागेको कुरा साँचो हो?

के प्रधानमन्त्रीले माघ २३ को सभामा नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न लागेको कुरा साँचो हो?

  • आइतवार, माघ १८ २०७७

  • 1.7K
    SHARES

  • के प्रधानमन्त्रीले माघ २३ को सभामा नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न लागेको कुरा साँचो हो?

    काठमाडौँ – नेकपाको प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालबाट धर्म निरपेक्षता खारेज गर्न थालेको जबरजस्त आरोप लगाएको छ ।

    ाजावादीहरुसँग मिलेर नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्ने अभियानमा प्रधानमन्त्री ओली लागेको प्रचण्ड–नेपाल समूहको आरोप छ । यो समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओली राजावादीहरुको भीडमा बसेर उल्टो बाटो हिँडिरहेको बताउनुभयो ।

    प्रतिनिधिसभा विघटनविरुद्ध आज माइतीघर मण्डलामा आयोजित धर्नालाई सम्बोधन गर्दै नेता पाण्डेले नेपाललाई हिन्दु राज्य बनाउने कोसिस ओलीले गरिरहेको आरोप लगाउनुभयो । २३ गते ओली समूहको काठमाडौँमा हुने सभामै प्रधानमन्त्रीले नेपाललाई हिन्दु राष्ट्र बनाउने घोषणा गर्ने सूचना आफूलाई प्राप्त भएको नेता पाण्डेको दाबी छ ।

    प्रधानमन्त्री ओलीले केही दिन पहिले पशुपतिनाथको पूजा गर्नुभएको थियो भने शनिबार चितवनमा पुगेर राम मन्दिर बनाउने घोषणा गर्नुभएको थियो । रामजन्मभूमि नेपालमै रहेको दाबी गर्दै ओलीले सक्कली राष्ट्रवादी भन्नेहरुले सोही क्षेत्रबाट चुनाव जिते पनि उक्त विषयमा मुख खोल्न नसकेको आरोप लगाउनुभएको थियो ।

    रामजन्मभूमि नेपालमै रहेको र भारतमा रहेको अयोध्या नक्कली रहको बताएर प्रधानमन्त्री ओलीले नेपालका हिन्दुहरुको मत आफूतिर तान्ने प्रयास गरिरहेको आँकलन नेपाली राजनीतिमा भइरहेको छ । यहीबीचमा कम्युनिष्ट प्रधानमन्त्री ओलीले पशुपतिको पूजा गरेपछि त झन यो आशंकामा थप बल पैदा भएको छ ।

    प्रचण्ड–नेपाल समूहका नेताहरुले ओलीले धर्म निरपेक्षता खारेज गरेर हिन्दु राज्य घोषणा गर्ने अभियान थालेको भनी गरेको सार्वजनिक टिप्पणीमा सत्यता रहेको संकेत ओली समूहका नेताहरुले दिएका छन् ।

    प्रधानमन्त्री ओली पक्षीय नेता गोकुल बाँस्कोटाले नेपालमा बहुसंख्यक हिन्दुहरु छन् भन्ने कुरा प्रधानमन्त्रीले ख्याल गर्ने बताउनुभयो । तर अबको निर्वाचनमा केपी ओलीले हिन्दु धर्मको एजेण्डा बोक्ने कि नबोक्ने भन्नेमा आफू जानकार नरहको उहाँले बताउनुभयो । तर निर्वाचनमा पार्टीका आ–आफ्ना एजेण्डा पक्कै हुने उहाँले बताउनुभयो ।

    संसद विघटन सही हो भन्ने सन्देश दिन यही माघ २३ गते नेकपाको ओली समूहले काठमाडौँमा जनसभाको आयोजना गर्दै छ । र यो सभामा ओलीले अहिलेसम्म नबोलेको नयाँ कुरा बोल्ने तयारी भइरहेको उनीपक्षीय नेताहरुको दाबी छ ।

    यही कुरालाई ओलीका विपक्षीहरुले हिन्दु राष्ट्र घोषणासँग जोडेर आशंका व्यक्त गरिरहेका छन् । तर अबको निर्वाचनमा केपी ओलीले हिन्दु धर्मको कार्ड खेल्ने कुरा पक्का रहेको उनीपक्षीय नेताहरुको अभिव्यक्तिले पनि संकेत गरिरहेको छ ।

    ओली समूहका नेता सत्यनारायण मण्डलले केपी ओलीले हिन्दु राष्ट्र घोषणा गर्ने कुरा फरक रहेको तर अब धर्मनिरपेक्षताबारे जनमत संग्रह हुनुपर्ने आफूहरुको अडान रहेको बताउनुभयो ।

    यसअघिको निर्वाचनमा राष्ट्रवादको नारा दिएर सत्ताको सिंहासनमा पुगेको नेताका रुपमा केपी ओलीलाई चित्रण गरिन्छ । तर अहिले ओलीको त्यो राष्ट्रवाद स्खलित भएपछि अर्काे चुनावका लागि उहाँले हिन्दु धर्मको कार्ड खेल्ने तयारी गरिरहेको उनका आलोचकहरु बताउँछन् ।


    आइतवार, माघ १८ २०७७०८:००:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij