Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

‘ओलीले माघ २३ मा दरबारअगाडि बसेर हिन्दूराष्ट्र घोषणा गर्दैछन्’

‘ओलीले माघ २३ मा दरबारअगाडि बसेर हिन्दूराष्ट्र घोषणा गर्दैछन्’

  • आइतवार, माघ १८ २०७७

  • 898
    SHARES

  • ‘ओलीले माघ २३ मा दरबारअगाडि बसेर हिन्दूराष्ट्र घोषणा गर्दैछन्’

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई हिन्दूराष्ट्र बनाउने तयारी गरिरहेको दाबी गर्नुभएको छ । आज काठमाडौंको माइतीघरस्थित धर्नामा सहभागी पाण्डेले यस्तो दाबी गर्नुभएको हो ।

    ‘सुन्दैछु, ओलीले हिन्दुराज्य बनाउने कोसिस गर्दैछन् । २३ गते हिन्दुराष्ट्र घोषणा गर्दै छन् भन्ने आँकलन पनि गर्न थालिएको छ’, उहाँले भन्नुभयो ।
    पाण्डेले मान्छेको मति भ्रष्ट भएपछि जुनसुकै बाटो लिन सक्ने टिप्पणी गर्नुभयो ।

    यसैबीच, माघ २३ मा हुने लागेको ओली समूहको सभा नाराहिटी दरबार अगाडि हुने भएको छ । ओली समूहका नेता आनन्द पोखरेलका अनुसार भृकुटीमण्डपमा कम मानिस अट्ने भएकाले दरबारमार्गमा सभा गर्न लागिएको हो ।

    ओली समूहको यस कार्यप्रति पनि आशंका गर्दै प्रचण्ड–माधव समूहका नेता पाण्डेले ओलीले हिन्दूराष्ट्र घोषणा गर्न दरबार रोजेको बताउनुभयो ।

     

     


    आइतवार, माघ १८ २०७७०२:०९:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij