काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा चरणबद्ध आन्दोलन गरिरहेका नेकपा दाहाल–नेपाल समूहका शीर्ष नेताहरु अहिले माइतीघर मण्डलामा धर्नामा बसेका छन् ।
मध्यान्ह १२ बजे सुरु भएको धर्नामा अध्यक्षद्वय पुष्पकमल दाहाल ’प्रचण्ड’, र माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य आदि नेता सहभागी छन् ।

तेस्रो चरणको आन्दोलन अन्तर्गत नेकपाका सांसदहरुले प्रतिनिधिसभा पुनःस्थापनाको माग राख्दै माघ १४ गतेदेखि मण्डलामा धर्नामा बसेका छन् ।

धर्ना कार्यक्रम माघ २१ गतेसम्म चल्ने नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिनुभयो ।

तस्बिर : प्रचण्डको सचिवालय !