Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images
पेट्रोलियम पदार्थको मूल्य

व्यवसायीको कमिसन बढेपछि पेट्रोलियम पदार्थको मूल्य पनि बढ्ने

व्यवसायीको कमिसन बढेपछि पेट्रोलियम पदार्थको मूल्य पनि बढ्ने

उपभोक्तालाई मूल्यको चाप
  • आइतवार, माघ १८ २०७७

  • 892
    SHARES

  • व्यवसायीको कमिसन बढेपछि पेट्रोलियम पदार्थको मूल्य पनि बढ्ने

    काठमाडौं । पेट्रोल पम्प व्यवसायीको कमिसन दर वृद्धि हुने भएपछि पेट्रोलियम पदार्थको मूल्य पनि बढ्ने भएको छ ।

    कमिसन वृद्धिसँगै पेट्रोल र डिजेलको उपभोक्ता मूल्यमा औसतमा ०.३६ प्रतिशतले बढ्ने नेपाल आयल निगमले जनाएको छ । कमिसन नबढाएपछि बढी मूल्यमा पेट्रोल र डिजेल बिक्रि गर्ने चेतावनी दिएपछि आयल निगमले पेट्रोलपम्प व्यवसायीको कमिसन दर वृद्धि गरेको छ ।

    निगम संचालक समितिको आगामी बैठकले निर्णय गरेपछि वृद्धि भएको कमिसनदर व्यवसायीले पाउने सहमति भएको छ ।

    निगमका प्रवक्ता विनितमणि उपाध्यायले हिजो विज्ञप्ति जारी गर्दै साबिकको कमिसनदरमा पेट्रोलमा ०.३९५ प्रतिशत र डिजेलमा ०.४७ प्रतिशत बिन्दु कमिसन बढाएको जानकारी दिनुभएको छ ।

    यसअघि पेट्रोलमा ३ प्रतिशत र डिजेलमा २.६५ प्रतिशत कमिसन दिइँदै आएको थियो । यसपटक गरिएको व्यवसायीको कमिसन वृद्धिले उपभोक्ता मूल्यमा चाप बढेको छ ।


    आइतवार, माघ १८ २०७७०८:११:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij