काठमाडौँ । नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा भारतीय मिडियामा जथाभावी समाचार आएको भन्दै सरकारले दिएको अनौपचारिक निर्देशनअनुसार बन्द रहेका भारतीय च्यानलहरु पुनः खुलेका छन् ।
केवल अपरेटरहरुको संयुक्त बैठकले नेपाल र नेपालीका बारेमा भ्रम फैलाउने केही टेलिभिजन च्यानलबाहेकका अरु सबै च्यानल सुचारु राख्ने निर्णय गरेको म्याक्स टीभीका उपाध्यक्ष ध्रुव शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार आजतक, जी न्युज, इन्डिया टुडे, एबीपी, जीका सम्पूर्ण च्यानल बन्द गरिएको छ । ग्राहकको दबाब बढी आएकाले अहिले केहि च्यालनहरु खोलिएका हुन । शर्माले सबै अपरेटरहरुले आफूहरुलाई दबाब आएको हुँदा अहिले भारतीय च्यानल बन्द गर्न नगर्न आग्रह गरेकाले सबैले खुला राख्ने निर्णय गरेको बताउनुभयो ।