काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सत्तामा बस्नेहरुले नै भ्रष्टाचारलाई संस्थागत गरेकाले देशमा भ्रष्टाचार मौलाएको बताउनुभएको छ ।
डा. लोहनीले अख्तियार नै सत्तामा बस्ने भ्रष्टाचारीको खेलउना बनेको आरोप लगाउनुभयो । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा डा.लोहनीले भन्नुभयो “ भ्रष्टाचार आजभोली सत्तामा बस्नेहरुकोे नियत नै भएको छ, माथिल्लो तहका नेताहरुले नै भ्रष्टाचारीलाई संरक्षण दिएका छन, जनताले दिएको अधिकार दुरुपयोग भएको छ ।”
उहाँले संसद् विघछन गर्ने प्रधानमन्त्रीको कदम असंबैधानिक भएको पनि बताउनुभएको छ । “अदालतको मानहानी कसैले गर्नु हुदँैन, कानुनभन्दा माथी प्रधानमन्त्री पनि हुदैँन, देशमा प्रजातन्त्र चाहनेले संविधानलाई मान्नुपर्छ, देश तानाशाह तिर जान खोजेको छ, यसको निकास सर्वाेच्च अदालतले निकाल्नु पर्छ ।” डा. लोहनीले भन्नुभयो ।
उहाँले नेपालको सार्वभौमिकता माथी नेकपाका दुवै समूहले आक्रमण गर्न खोजेको आरोप पनि लगाउनुभयो । सत्ताको शक्ति हातमा भएकाहरुले राज्य समाल्नुपर्नेमा देशलाई अराजकतिर लगेको राष्ट्रिय प्रजातन्त्र पार्टीेका अध्यक्ष डा. लोहनीको तर्क छ ।