Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड मात्रै कार्यकारी र ओली सेरेमोनियल अध्यक्ष हैनः उपप्रधानमन्त्री पोखरेल

प्रचण्ड मात्रै कार्यकारी र ओली सेरेमोनियल अध्यक्ष हैनः उपप्रधानमन्त्री पोखरेल

  • सोमवार, आषाढ २९ २०७७

  • 896
    SHARES

  • प्रचण्ड मात्रै कार्यकारी र ओली सेरेमोनियल अध्यक्ष हैनः उपप्रधानमन्त्री पोखरेल

    काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने कुनै कारण नभएको बताउनुभएको छ । उहाँले गएको निर्वाचनमा प्रधानमन्त्रीमा ओलीलाई अगाडी सारेर गएकै कारण पार्टीले दुइतिहाई नजिक मत ल्याएकाले अब आउने निर्वाचन र पार्टीको महाधिवेशनभन्दा अगाडी दुवै पदबाट राजीनामा नदिने तर्क गर्नुभयो ।

    नेपाली रेडियो नेटवर्कसँग उहाँले भन्नुभयो, ‘ओलीको नाम देखाएर नै जनतासँग भोट मागिएको हो । उहाँको अगुवाइमा धेरै काम भएका र जनताले चुनेर पठाएको प्रधानमन्त्रीलाई कसैले छोड भन्नै मिल्दैन । सरकारले गरेका काम सवैलाई जानकारी नै छ । पार्टीको उदेश्य र लक्ष्य अनुसार उहाँ अगाडी बढिरहनु भएको छ ।’

    उपप्रधानमन्त्री पोखरेलले ओली नेतृत्वको सरकारले विशेष परिस्थितिमा विशेष खालकै काम गर्न सफल भएको दावी गर्नुभयो । नेकपाको अध्यक्षका नाताले प्रधानमन्त्री भएपछि प्रणालीमै परिवर्तन ल्याउने काम सरकारले गरेको भन्दै उहाँले पहिलो चरणमा संविधान कार्यान्वयनका लागि धेरै कानूनहरु बनाएको र आर्थिक विकासको फड्को मार्ने समयमा कोरोना आएकाले सरकारलाई अगाडी बढ्न केहि समस्या भएको बताउनुभयो ।

    पार्टीको नीति र उद्धेश्यमा केन्द्रीत भएर नगएसम्म सहमतिमा पुग्न नसकिने उपप्रधानमन्त्री पोखरेलको भनाई छ । प्रधानमन्त्रीले कुनैपनि नियुक्तिमा एकलौटी नगरेको र केन्द्रीय कमिटीको निर्णय अनुसार नै सवै नियुक्तिहरु भएको उहाँले दावी गर्नुभयो । पोखरेलले भन्नुभयो,‘केन्द्रीय कमिटीमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले नै राजनीतिक प्रतिबेदन तयार गर्नुभएको हो । त्यो बैठकले पारित गरेको हो र त्यहि प्रतिवेदन अनुसार सरकारले काम पनि गरिरहेको छ ।’

    पोखरेलले अहिले पनि पार्टीको एक नम्बर अध्यक्ष ओली नै भएको र एउटा अध्यक्ष कार्यकारी र अर्को सेरेमोनियल भन्ने नभएको तर्क गर्नुभयो । पार्टी एकिकरणका सिलसिलामा एउटा अध्यक्षले सरकार र अर्को अध्यक्षले पार्टी हेर्ने भन्ने सहमति भएको बताउदै उहाँले कसैलाई कार्यकारी अध्यक्ष बन्न मन भए महाधिवेशन र प्रधानमन्त्री हुने मन भए आगामी निर्वाचन सम्म कुर्नुपर्ने बताउनुभयो ।

    उहाँले पार्टीका कुनै पनि कमिटीमा प्रधानमन्त्री ओली अल्पमतमा नभएको दावी पनि गर्नुभयो । सचिवालयमा ओली अल्पमतमा हुनुहुन्न र संसदीय दलमा ओलीलाई कसैले च्यालेन्ज गर्न नसक्नेभन्दै पोखरेलले ओली विरुद्धमा वा पद छाड्नुपर्छ भनेर अहिलेसम्म औपचारिक प्रस्ताव नआएको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो,‘केपी ओलीले राजिनामा दिनुपर्ने कारण छैन । नेताहरुको बोल्ने शैली पनि भएन सच्याएर जानुपर्छ । आफुले गरेको गल्ति अरुलाई लगाउन मिल्दैन । तथ्यका आधारमा निर्णय गर्नुपर्छ । कम्जोरी सच्याउन सवै तयार हुनुपर्छ । अहिले पार्टी भित्रको अन्तरविरोध सच्याएर जाने हो । अहिले कुनै पनि नेताले कसैलाई पद छाड भन्न मिल्दैन ।’

     

     


    सोमवार, आषाढ २९ २०७७०८:४०:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij