काठमाडौं । राष्ट्रपति विद्या भण्डारीसँग आज नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले भेटवार्ता गर्नुभएको छ ।
जो बाइडनले अमेरिकाको सत्ता सम्हालेलगत्तै राजनीतिक भेटघाटमा व्यस्त भएका बेरीले पछिल्लो पटक राष्ट्रपति भण्डारीलाई भेट्नुभएको हो ।
राष्ट्रपति भण्डारीसँगको भेटमा राजदूत बेरीले अमेरिकी राष्ट्रपति बाइडनले लोकतन्त्रलाई मजबुत बनाउन र महिला तथा किशोरीहरुको उत्थानमा केन्द्रित भएर कसरी काम गर्दैछन् भन्नेबारे जानकारी गराएको जानकारी दिनुभएको छ ।
त्यसअघि राजदूत बेरीले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवालगायतसँग भेटवार्ता गर्नुभएको थियो ।
पछिल्ला भेटहरु नयाँ राष्ट्रपति बाइडनको नेपाल र विश्वव्यापी प्राथमिकताबारे जानकारी गराउने उद्देश्यले भएको राजदूत बेरीले बताउने गर्नुभएको छ ।