Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

आज पनि नेकपाको तीन पक्षका छुट्टा छुट्टै कार्यक्रम

आज पनि नेकपाको तीन पक्षका छुट्टा छुट्टै कार्यक्रम

  • बुधवार, माघ १४ २०७७

  • 1.0K
    SHARES

  • आज पनि नेकपाको तीन पक्षका छुट्टा छुट्टै कार्यक्रम

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल नेपाल समूहले तेस्रो चरणको आन्दोलन अन्तर्गत आज माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएको छ ।

    प्रतिनिधि सभा विधटनको विरुद्ध आन्दोलन गरिरहेको सो समूहले माइतीघर मण्डलामा बिहान ११ बजे देखि धर्ना सुरु गर्ने भएको हो । आज देखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना दिने नेताहरुले जानकारी दिएका छन ।

    धर्नामा तत्कालिन संविधान सभा सदस्य, संघीय सांसद तथा प्रदेश सभा सदस्यलगायत सहभागी हुने दाहाल–नेपाल समूहले जनाएको छ ।
    त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले आदिवासी जनजाति महासंघको राष्ट्रिय भेला आयोजना गरेको छ ।

    पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा काठमाडौ स्थीत राष्ट्रिय सभागृहमा १२ : ३० बजेपछि भेला हुने जनाइएको छ ।
    भेला अघि ललितपुरको झम्सिखेलमा १२ बजे भेला भएर मोटरसाइकल ¥याली पनि निकालिने भएको छ ।

    नेकपामा तेस्रो पक्षका रुपमा रहेको उपाध्यक्ष बामदेव गौतम नेतृत्वको समूहले पनि आज छुट्टै कार्यक्रमको आयोजना गरेको छ ।

    पार्टी एकता राष्ट्रिय अभियानका संयोजक समेत रहनु भएका गौतमले आज पार्टी एकता राष्ट्रिय अभियानको घोषणा सभा गर्न लाग्नु भएको हो ।
    घोषणा सभा सिद्धार्थ कटेज पार्टी प्यालेस धोविघाट, ललितपुरमा विहान ११ बजेपछि हुने जनाइएको छ ।

     


    बुधवार, माघ १४ २०७७०९:२०:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij