Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

बर्खा नलाग्दै काँग्रेसको महाधिवेशन टुङगो लाग्छ : बरिष्ठ नेता पौडेल

बर्खा नलाग्दै काँग्रेसको महाधिवेशन टुङगो लाग्छ : बरिष्ठ नेता पौडेल

  • बुधवार, माघ १४ २०७७

  • 909
    SHARES

  • बर्खा नलाग्दै काँग्रेसको महाधिवेशन टुङगो लाग्छ : बरिष्ठ नेता पौडेल

    काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बर्खा नलाग्दै काँग्रेसको महाधिवेशन टुङगो लाग्ने बताउनु भएको छ । धेरै जिल्लाबाट क्रियाशिल सदस्यता वितरण तथा नविकरणको काम टुङग्याउँदै गएको उहाँले बताउनुभयो ।

    “अहिले नेपाली काँग्रेसको काँधमा दुई वटा काम आइलागेका छन, एउटा पार्टीको महाधिवेशन र अर्काे प्रतिनिधि सभा पुनस्र्थापना, यसमा नेपाली काँग्रेस लागी परिरहेको छ,” नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा वरिष्ठ नेता पौलेलले भन्नुभयो ।

    उहाँले अधिवेशनको चटारोले गर्दा आफुहरुले ठूलो आन्दोलन गर्न नसकेको स्विकार गर्दै काँग्रेस सदस्यता विवादमा फसेकाले आन्दोलनमा केन्द्रीत हुन नसकेको स्पष्ट पार्नुभयो ।

    उहाँले भन्नुभयो, “नेपाली काँग्रेस अब एक भएर आन्दोलन जान्छ, हाम्रो माग प्रतिनिधिसभा पुनस्र्थापना नै हो ।”

    बरिष्ठ नेता पौडेलले पार्टीमा साना द्धन्द्ध हुदैमा असहमतीे नहुने दावी गर्नु भयो । काँग्रेस दुविधामा नरहेको पौडेलको भनाई छ । प्रधानमन्त्रीले हिटलरको जस्तो व्यवहार गरेको बताउँदै उहाँले नेपालमा अब २०६२–६३ को जनआन्दोलन फर्कन सक्ने आफूले आँकलन गरेको बताउनु भयो ।

    उहाँले भन्नुभयो “नागरिकहरु प्रधानमन्त्रीको प्रतिगमनको विरुद्ध सडकमा आइसकेका छन, यो संविधानको रक्षाका लागी नागरिकहरु पानीको फोहोरा खान, गिरफ्तार हुन पनि तयार भइसकेका छन, यसबाट के प्रष्ट हुन्छ भने अव मुलुक अस्थिरता तर्फ ढल्कदै छ, चुनाव आएको विषयमा काँग्रेसका केहि सदस्य पहिला खुसी देखिएपनि अहिले संविधानमाथि प्रहार गरेको कुरा बुझी सकेका छन, अब काँग्रेसले नागरिकहरुलाई नेतृत्व गर्छ ।”

    प्रधानमन्त्रीले चुनावको लागी नभएर सत्तामा बस्न र एकलौटी शासन चलाउन खोजेको आरोप बरिष्ठ नेता पौडेलले लगाउनु भयो । देशको संविधान एकातिर र न्यायालय अर्काे तिर जान नसक्ने कुरामा आफूहरु विश्वस्त रहेको पौडेलको भनाई छ ।

    पूर्वप्रधानन्यायाधिश देखि देशका धेरै अगुवाहरु माथि प्रधानमन्त्रीले प्रहार गरिरहनु अस्वभाविक भएको काँग्रेसका बरिष्ठ नेता पौडेले जिकिर गर्नु भयो ।


    बुधवार, माघ १४ २०७७०९:०८:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij