Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

लामो प्रतिक्षापछि भोलि नेपामा कोरोना विरुद्धको खोप आउँदै

लामो प्रतिक्षापछि भोलि नेपामा कोरोना विरुद्धको खोप आउँदै

जनस्वास्थ्यविद् भन्छन् ‘खुशीसँगै चिन्ता पनि थपिएको’
  • बुधवार, माघ ७ २०७७

  • 2.8K
    SHARES

  • लामो प्रतिक्षापछि भोलि नेपामा कोरोना विरुद्धको खोप आउँदै

    काठमाडौं । लामो प्रतिक्षापछि नेपालमा कोरोना भाइरसविरुद्धको खोप भोलि नेपाल आउने भएको छ । छिमेकी मुलुक भारतले नेपाललाई कोभिशिल्ड नामक कोरोना विरुद्धको १० लाख डोज खोप अनुदानमा उपलब्ध गराउन लागेको हो ।

    सोमबार बसेको भारतको स्वास्थ्य मन्त्रालय, विदेश मन्त्रालय, वाणिज्य मन्त्रालय र औषधि विभागको संयुक्त बैठकले नेपाललगायत भारतका अत्यन्त नजिकका छिमेकी मुलुकमा सीमित डोज कोरोना खोप पठाउने निर्णय गरेको थियो ।

    सोही निर्णय बमोजिम नेपालले पनि खोप पाउन लागेको हो । यसबारे आज स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका छन् ।

    पहिलो चरणको खोप भोलि नै काठमाडौं आइपुग्ने र अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीलाई प्राथमिकतामा राखेर खोप कार्यक्रम सुरु गरिने स्वास्थ्यमन्त्री त्रिपाठीले बताउनुभयो ।

    भोलि कोरोना विरुद्धको कोभिशिल्ड नामक खोप नेपाल आउने भएपनि यसको प्रभावकाकारिता र विश्वासनीयतामाथि भने अझै प्रश्न उठिरहेको अवस्था छ । अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोरोना खोपको भारतीय संस्करण कोभिसिल्ड हो ।

    यो खोप भारतले शनिबारबाट आफ्ना नागरिकहरुलाई दिन थालिसकेको छ । तर खोप लगाएकामध्ये सयौं व्यक्ति विरामी परेका र दुई स्वास्थ्यकर्मीको त मृत्यु नै भएको समाचार भारतीय सञ्चारमाध्यले सार्वजनिक गरेका छन् ।

    नेपालमा पहिलो पटक यसरी कोरोनाविरुद्धको खोप भित्रिनु खुशीको कुरा भएपनि यसरी स्वास्थ्यकर्मीको मृत्युसँगै धेरै व्यक्तिमा साइडइफेक्ट देखिनुले नेपालमा पनि चिन्ता थपिएको जनस्वास्थ्यविद् बताउँछन् । जसका कारण खोप लगाउन हिच्किचाहट हुन सक्ने जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी बताउनुहुन्छ ।

    भारतमा शनिबार कोरोना खोप लिएका दुई स्वास्थ्यकर्मीको आइतबार र सोमबार मृत्यु भएको थियो । जसका कारण खुशी मिश्रित चिन्ता नेपालीमा थपिएको देखिन्छ । यद्यपि ती दुवै स्वास्थ्यकर्मीको मृत्युको कारण भने हृदयाघात भएको बताइएको छ ।

    कोरोना नियन्त्रणको प्रयासस्वरुप हालसम जत्तिपनि खोपको विकास गरिएको छ यी सबै अहिलेसम्म परीक्षणकै क्रममा रहेका कारण पनि यस्ता साइडइफेक्ट देखिनु स्वभाविक भएको विशेषज्ञहरु बताउँछन् ।

    अहिले कोरोना कारण अत्यायधिक मृत्यु भएका मुलुकमा मात्र खोप आपत्कालिन प्रयोगका लागि अनुमति दिइएको र यी खोपको वास्तविक प्रभावकारीता अब देखिने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल अनुसन्धान इकाई प्रमुख डा. शेरबहादुर पुन बताउनुहुन्छ ।

    नेपालमा भ्याक्सिन प्रभावकारी ढंगले लगाउन कानुनी, प्रशासनिक, आर्थिक सबै तयारी पूरा भइसकेको सरकारको दाबी छ । भारतले विकास गरेको कोभिसल्ड भ्याक्सिनको आपत्कालीन प्रयोगलाई नेपालको औषधि व्यवस्था विभागले समेत स्वीकृति दिइसकेको छ ।

    भोलिनै भारतबाट नेपाल आइपुग्ने कोभिशिल्ड नामक उक्त खोप नेपालको हावापानी, नेपालीको रहनसहन, खानपान र जीवनशैलीसँग कत्तिको मेल खान्छ र प्रभावकारी हुन्छ त्यो भने हेर्न बाँकी छ ।


    बुधवार, माघ ७ २०७७०८:२२:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij