काठमाडौँ - काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आइसियूमा कार्यरत डाक्टरमाथि कुटपिट भएको छ।
मंगलबार बिहान एक जना ६१ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएपछि उनका आफन्तले आक्रोशित हुँदै डाक्टरमाथि नै कुटपिट गरेका हुन्।
अस्पतालले बिरामीको कोरोनाका कारण मृत्यु भएको जनाए पनि आफन्तले त्यो कुरा स्वीकार नगरी ड्युटीमा खटिएका चिकित्सकलाई नै हातपात गरेका हुन्।
अहिले मृतकको शव अस्पतालमै राखिएको छ।
गुल्मी घर भएका उनलाई तीन दिनअघि बुटवलबाट थप उपचारका लागि काठमाडौँ ल्याइएको थियो। तर उपचारकै क्रममा उनको मंगलबार बिहान मृत्यु भयो।
चिकित्सकमाथि कुटपिट गर्नेलाई नियन्त्रणमा लिएको छ।