Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

दाहाल–नेपाल पक्षले सोध्यो प्रधानमन्त्रीलाई स्पष्टीकरण

दाहाल–नेपाल पक्षले सोध्यो प्रधानमन्त्रीलाई स्पष्टीकरण

  • मंगलवार, माघ ६ २०७७

  • 839
    SHARES

  • दाहाल–नेपाल पक्षले सोध्यो प्रधानमन्त्रीलाई स्पष्टीकरण

    काठमाडौं । नेकपा दाहाल–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन दिन भित्र चित्तबुझ्दो स्पष्टीकरण नदिए थप कारवाही गर्ने भएकोे छ । त्यसका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले हस्ताक्षर गरेको पत्र बालुवाटारमा बुझाइएको छ ।

    नेताहरु सुरेन्द्र पाण्डेसहित बालुवाटार पुगेर बुझाएको पत्रमा ‘पार्टीको सिद्धान्त, विचार, नीति, विधि, हितविपरित र पार्टी विरोधी गतिविधि गरिरहनुभएकोले तपाईंलाई पार्टीको साधारण सदस्यबाट समेत निश्कासन किन नगर्ने ?’ भन्दै स्पष्टीकरण सोधिएको छ ।


    ‘यो पत्र प्राप्त गरेको वा तपाइको निवासमा टाँस गरिएको मितिले तीन दिनभित्र स्पष्टिकरण दिनुहोला । यदि तीन दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण नदिएमा तपाइँलाई थप कारवाही गरिने व्यहोरा पनि सूचित गरिन्छ’ पत्रमा भनिएको छ ।


    मंगलवार, माघ ६ २०७७०६:१७:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij