Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

देशव्यापी आम हड्ताल गर्ने प्रचण्डको संकेत

देशव्यापी आम हड्ताल गर्ने प्रचण्डको संकेत

  • सोमवार, माघ ५ २०७७

  • 1.4K
    SHARES

  • देशव्यापी आम हड्ताल गर्ने प्रचण्डको संकेत

    काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी आम हड्ताल गर्ने संकेत गरेका छन् ।

    आफ्नो समूह निकट अखिल नेपाल महिला संघको भेलालाई सम्बोधन गर्दै प्रचण्डले आन्दोलनलाई गति दिन आम हड्तालसम्म जान पर्ने अवस्था आउन सक्ने बताए।

    आन्दोलन बढाउँदै लैजाने भन्दै प्रचण्डले भने, ‘१६ गते आम रुपमा जनतालाई उठाएर आम हड्तालतिर जानुपर्ने हुनसक्छ ।’

    उनले यो आन्दोलनमा सिंह जस्तै गर्जन कार्यकर्ताहरुलाई निर्देशन दिए।

    एकाध महिना जुर्मुराउनासाथ आफूहरुको जित हुने भन्दै उनले सिंह जस्तो गर्जिन कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन्।

    सो क्रममा प्रचण्डले प्रचण्डले भेडा र सिंहको कथा सुनाए। सानैमा आमाबाट छुटेको सिंहको बच्चा भेडासँग बस्न थालेको र ठूलो भएपछि पनि घास खाने, भ्या भ्या गर्ने भएको उनले बताए ।

    त्यो अर्को सिंहले देखेपछि सही नसक्नु भएको र भेडा शिकार गर्न छाडेर त्यही सिंहलाई टिपेर लगेको र इनारमा अनुहार देखाएपछि सिंह जस्तो गर्जिएको प्रचण्डले सुनाए ।

    उनले अघि भने, ‘केपी ओली जस्ता भेडाहरुको संगत गरियो । हामी पनि अलिअलि भेडा जस्ता भएछौं कि क्या हो ? त्यसैले ऐना अगाडि उभिएर हेरौं, सिंहका सन्तान हौं भनेर गर्जियो भने केपी ओली जस्ता भेडाहरु... ‘।’

    भोलि महिलाहरुको मात्र जुलुस, पर्सि मोटरसाइकल र्‍याली, ९ गते देशभरका साथै काठमाडौंमा विशाल प्रदर्शन गर्ने उनले सुनाए ।

     


    सोमवार, माघ ५ २०७७०५:१६:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij