Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीले ७० बर्षको उपलब्धि १७ मिनेटमा भंग गरे : अधिवक्ता भट्टराई

प्रधानमन्त्रीले ७० बर्षको उपलब्धि १७ मिनेटमा भंग गरे : अधिवक्ता भट्टराई

  • सोमवार, माघ ५ २०७७

  • 1.5K
    SHARES

  • प्रधानमन्त्रीले ७० बर्षको उपलब्धि १७ मिनेटमा भंग गरे : अधिवक्ता भट्टराई

    काठमाडौं । अधिवक्ता टिकाराम भट्टराईले जनताको ७० बर्षको उपलब्धिलाई प्रधानमन्त्रीले १७ मिनेटमा भंग गरेको आरोप लगाउनु भएको छ ।

    अधिवक्ता भट्टराईले सर्वाेच्च अदालतले जनताले लेखेको संविधानलाई उद्घोष गर्ने दावी समेत गर्नुभएको छ । प्रधानमन्त्रीले आफैँले लेखेको संविधानको हत्या गरेको भट्टराईले आरोप लगाउनुभयो ।

    उहाँले प्रधानन्यायाधीश वादी प्रतिवादी नभई निष्पक्ष हुने भएकाले प्रश्न गर्नु स्वाभाविक भएको बताउनुभयो । प्रतिनिधि सभा विघटन गरेर सरकार परास्त भएकाले त्यसको विरुद्धमा सर्वोच्चले फैसला गर्ने उहाँको दावी छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा भट्टराईले भन्नुभयो “ यदि संविधानमा गैर संवैधानिक कुरा रोक्ने आधार भएन भने पनि न्यायाधीशले आफ्नो सपथअनुसार नै फैसला गर्नुपर्छ, अल्पमतको सरकार हुने नहुने कुरा सर्वोच्चमा परिक्षण हुने होइन त्यो प्रतिनिधि सभामा हुन्छ, ११ जनाले गरेको फैसलालाई ५ जना न्यायाधीशले उल्ट्याउन सक्दैनन् ।”

    प्रतिनिधि सभा पुनस्र्थापना भएन भने मुलुक प्रतिगमन तिर जाने बताउदै सबै तहबाट यसलाई रोक्नु पर्ने उहाँले जिकीर गर्नुभएको छ ।
    भट्टराईले मुलुकमा निर्वाचन भन्दा लोकतन्त्र र संविधान रहन्छ की रहदैँन भन्ने कुरा नै महत्वपूर्ण हुने उल्लेख गर्नुभएको छ ।

    प्रधानमन्त्रीको समूहलाई भजन मण्डलीको संज्ञा दिदै उहाँले सर्वोच्च अदालतले जनताको अधिकार स्थापित गराउने बिश्वास व्यक्त गर्नुभयो ।



    सोमवार, माघ ५ २०७७०९:२७:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij