Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

नेकपाको ओली समूहले आज बृहत् कार्यकर्ता भेला आयोजना गर्दै

नेकपाको ओली समूहले आज बृहत् कार्यकर्ता भेला आयोजना गर्दै

  • शनिवार, माघ ३ २०७७

  • 1.2K
    SHARES

  • नेकपाको ओली समूहले आज बृहत् कार्यकर्ता भेला आयोजना गर्दै

    काठमाडौं । नेकपाको ओली समूहले काठमाडौँमा अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ ।

    दिउँसो १ बजे तिनकुनेस्थित रोयल बैंक्वेटमा हुने प्रदेश १ का अगुवा कार्यकर्ता भेलामा दाहाल नेपाल समूहले कार्यकर्तातहमा पु¥याएको भ्रम चिर्ने रणनीति एवं चुनाव केन्द्रित प्रशिक्षण दिन लागिएको हो ।

    भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

    पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि विभाजित बनेको नेकपाको दुबै समूह एकअर्काविरूद्ध उत्रिएका छन् । पुस ५ यताका समानन्तर बैठकले एकले अर्कालाई कारबाही गर्दै आफू नै आधिकारिक भएको दाबीसहित जनसभामा उत्रिएका छन् ।

    प्रतिनिधिसभा विघटनकै मुद्दा सर्वोच्च अदालतमा समेत पुगेको छ । अदालते यस मुद्दाको छिनोफानो नगर्दासम्म वैशाखमा नै चुनाव वा प्रतिनिधिसभा पुनर्स्थापना भन्ने विषय अन्योलमा छ ।


    शनिवार, माघ ३ २०७७११:०८:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij