काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सिमा विवाद समाधानका लागि उपलब्धीहिन भएको छ ।
नेपालमा सरकारले चर्को रुपमा उठाउने गरेको सिमा विवादका बारेमा संयुक्त बैठकमा नेपालका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सशक्त रुपमा नउठाएकाले बैठक र भ्रमण उपलब्धीहिन भएको हो ।
दुवै देशका अधिकारीहरुले बैठकमा विवादित सीमाबारे छलफल भएको बताएपनि ठोस उपलब्धी भएको केही बताउन सकेका छैनन । भारतको राजधानी नयाँदिल्लीमा हिजो भएको संयुक्त बैठकमा नेपालले आफ्नो गुमेको जमिन फिर्ता ल्याउने बारेमा ठोस अडान र कदम चाल्नेछ भन्ने धेरैले अपेक्षा गरेका थिए ।
बैठक पछि भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा अन्य विषयमा छलफल भएको उल्लेख गरिएपनि सीमा विवाद बारेमा छलफल भएको उल्लेख गरिएको छैन ।
बैठकमा प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदन, १९५० को सन्धि पुनरावलोकनलगायतका विषयमा छलफल भएको नेपाली दूतावासले जनाएको छ ।