Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

२७० संक्रमित थपिए, पाँच जनाको मृत्यु

२७० संक्रमित थपिए, पाँच जनाको मृत्यु

  • शुक्रवार, माघ २ २०७७

  • 875
    SHARES

  • २७० संक्रमित थपिए, पाँच जनाको मृत्यु

    काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये १७२ जना काठमाडौँ उपत्यकाका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी सूचना अनुसार यो अवधिमा ३ हजार ८४ जनाको पिसीआर परीक्षण भएको छ।

    विवरण अनुसार यो अवधिमा ५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने ३९० जना निको भएर घर फर्किएका छन् ।

    हालसम्म नेपालका दुई लाख ६६ हजार ८ सय १६ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ओखलढुङ्गामा १, सुनसरीमा २, धनुषामा ३, काठमाडौँमा १४४, काभ्रेमा ९, चितवनमा ९, धादिङमा २, नुवाकोटमा १, भक्तपुरमा ६, मकवानपुरमा १, ललितपुरमा २२ र सिन्धुलीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    यस्तै कास्कीमा १५, गोरखामा १, तनहुँमा २, नवलपरासीपुर्वमा ४, म्याग्दीमा १, बागलुङमा ३, स्याङजाका २, कपिलवस्तुमा २, दाङमा ३, नवलपरासीमा १, पाल्पामा ३, बर्दियामा १, बाँकेमा १९, रुपन्देहीमा ८, डडेल्धुरामा १ तथा बाजुरामा १ जना संक्रमित थपिएका छन्।

     


    शुक्रवार, माघ २ २०७७०५:२८:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij