Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सीमा विवाद समाधानमा ज्ञवालीको भ्रमण सहयोगी हुने संभावना कम

सीमा विवाद समाधानमा ज्ञवालीको भ्रमण सहयोगी हुने संभावना कम

  • बिहिवार, माघ १ २०७७

  • 743
    SHARES

  • सीमा विवाद समाधानमा ज्ञवालीको भ्रमण सहयोगी हुने संभावना कम

    काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा भोली हुने परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकले सीमासम्बन्धी मुद्दालाई टुंगोमा पुरयाउन नसक्ने देखिएको छ ।

    सीमा विवादको विषयलाई भारतले सामान्य रुपमा छलफलमै सीमित गर्न चाहेको र नेपालले पनि कडा सर्तका रुपमा नराखेकाले टुंगोमा पुग्ने संभावना कम देखिएको हो ।

    बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय पक्षको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गर्नुहुने छ । बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली सहितको टोली आज भारत जान लागेको छ ।

    भारतले गत वर्ष कालापानीलगायत क्षेत्र समेटेर एकतर्फी रूपमा नयाँ राजनीतिक नक्सा प्रकाशन गरेयता दुई देशबीच सम्बन्ध तनावपूर्ण छ । तनावकै बीच नेपालले पनि सन् १८१६ को सुगौली सन्धिलाई आधार बनाई लिम्पियाधुरासम्मको भूभाग समेटेर नयाँ नक्सा प्रकाशन गरेको थियो । उक्त नक्सालाई भारतले अस्वीकार गर्दै आएको छ ।

    भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भने बैठकमा सीमा मात्र नभएर दुई देशबीचका सबै बृहत् विषयमा छलफल हुने र सकारात्मक नतिजा आउने विश्वास व्यक्त गर्नु भएको छ ।


    बिहिवार, माघ १ २०७७०९:२२:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij