Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

रुसले नेपाललाई ‘स्पुतनिक–भी’ खोप कहिले देला ?

रुसले नेपाललाई ‘स्पुतनिक–भी’ खोप कहिले देला ?

  • बुधवार, पौष २९ २०७७

  • 981
    SHARES

  • रुसले नेपाललाई ‘स्पुतनिक–भी’ खोप कहिले देला ?

    काठमाडौं । रुसले कोरोना भाइरसविरुद्धको दुई करोड ५० लाख डोज खोप नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ ।

    रुसको विदेश मन्त्रालयले आफूहरु स्पुतनिक–भी खोप नेपाललाई सकेसम्म चाँडो उपलब्ध गराउन तयार रहेको बताएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । स्पुतनिक–भी रुसले विकास गरेको खोप हो ।

    यो खोप रुससँगै बेलारुस, अर्जेन्टिनालगायतका देशले प्रयोग गर्न थालिसकेका छन् । यो खोप ५० भन्दा बढी देशले झण्डै डेढ अर्ब डोज माग गरिसकेको रुसले जनाएको छ ।

    स्पुतनिक–भी खोपको चिकित्सकीय परीक्षण गर्दा ९५ प्रतिशत् प्रभावकारी देखिएको दाबी रुसले गरेको छ । खोपको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिडोज १० अमेरिकी डलर पर्ने रुसले जनाएको छ ।

     


    बुधवार, पौष २९ २०७७११:२५:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij