Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

प्रचण्डले कार्यकर्तालाई सोधे, ‘के जनयुद्ध कुहिएको फर्सी हो त?’

प्रचण्डले कार्यकर्तालाई सोधे, ‘के जनयुद्ध कुहिएको फर्सी हो त?’

  • मंगलवार, पौष २८ २०७७

  • 1.5K
    SHARES

  • प्रचण्डले कार्यकर्तालाई सोधे, ‘के जनयुद्ध कुहिएको फर्सी हो त?’

    पोखरा – नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धलाई कुहिएको फर्सी भनेकोमा कडा आपत्ति जनाएका छन्।

    पोखरामा मंगलबार गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै प्रचण्डले ओलीसँग पदको नभई विचारको लडाइँ भइरहेको बताएका छन्।

    हालै प्रधानमन्त्री ओलीले जनयुद्धलाई कुहिएको फर्सीको संज्ञा दिएका थिए। त्यसप्रति आपत्ति जनाएका प्रचण्डले कार्यकर्तालाई सोधे, ‘तपाईंहरू नै भन्नुहोस् के जनयुद्ध कुहिएको फर्सी हो त?

    जनयुद्ध लडेका तर ओलीलाई साथ दिएका पूर्वमाओवादी नेताहरूलाई लक्षित गर्दै प्रचण्डले जनयुद्ध कुहिएको फर्सी नै हो त भन्ने प्रश्न पनि गरेका छन्।

    ‘के जनयुद्ध कुहिएकै फर्सी हो त? प्रतिक्रान्तिमा लागेकाहरूलाई तपाईंहरूले सोध्नुहोला,’ प्रचण्डले भने, ‘जनयुद्व सम्बन्धी उल्लेख गरिएका यसअघिका राजनीतिक प्रतिवेदनमा केपी ओलीले हस्ताक्षर गरेका छन् के त्यो कीर्ते हस्ताक्षर थियो? होइन भने यो स्वीकार्य छैन।’

    उनले प्रधानमन्त्री ओलीप्रति संकेत गर्दै आफूहरू उखान र टुक्का भन्न तथा प्रहसन गर्न प्रदेशका कार्यक्रममा नआएको बताएका थिए।

    ‘हाँस्यव्यंग्य र उखान टुक्काका लागि हामी यहाँ उपस्थित भएको छैन,’ उनले भने।

    उनले प्रधानमन्त्री ओलीका ‘उखान टुक्का र हाँस्यव्यंग्य प्रहसन तथा भ्रमहरू परास्त गर्न पनि सडकमा उत्रनुपर्ने’ बताएका छन्।

    उनले सडकमा उत्रँदा फेरि एकपटक विद्रोह गरेको अनुभूति भइरहेको पनि बताएका छन्।

    ‘फेरि विद्रोह गरेको अनुभूति भएको छ। सडकमा आन्दोलन गर्दा गर्व महशुस हुन्छ। निरंकुशताविरूद्ध आन्दोलन चुनौती र अवसर पनि हो,’ उनले भने।

    प्रचण्डले जनतालाई भेडाबाख्रा नठान्न पनि प्रधानमन्त्री ओलीलाई चेतावनी दिएका छन्।

     


    मंगलवार, पौष २८ २०७७०५:०५:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij