Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

दाहाल–नेपाल पक्ष आज नागरिक अगुवासँग छलफल गर्दै

दाहाल–नेपाल पक्ष आज नागरिक अगुवासँग छलफल गर्दै

  • बिहिवार, पौष २३ २०७७

  • 1.2K
    SHARES

  • दाहाल–नेपाल पक्ष आज नागरिक अगुवासँग छलफल गर्दै

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको दाहाल–नेपाल समूह आज नागरिक समूहका अगुवाहरुसँग छलफल गर्दै छ ।

    आन्दोलनमा उत्रिएको उक्त समूहले प्रतिनिधिसभा विघटनको विरोधमा बृहत अन्तरक्रियालाई निरन्तरता दिएको हो । हिजो विभिन्न राजनीतिक दलसँग राजधानीको इन्द्रेणी फुडल्यान्डमा अन्तरक्रिया गरेको थियो ।

    दाहाल–नेपाल समूहले आज अपराह्न २ बजेपछि नागरिक समुहसँग अन्तरक्रिया आयोजना गरेको हो । प्रतिनिधिसभा विघटनपछि पनि मुलुकमा गम्भीर राजनीतिक षड्यन्त्र भैरहेको भन्दै नागरिक समाजको राय लिन लागिएको सो दलका नेताले बताएका छन् ।

    प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन भएपछि दाहाल–नेपाल समूहले दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गरिसकेको छ ।


    बिहिवार, पौष २३ २०७७११:५०:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij