Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

५२२ संक्रमित थपिए, आठ जनाको मृत्यु

५२२ संक्रमित थपिए, आठ जनाको मृत्यु

  • मंगलवार, पौष २१ २०७७

  • 803
    SHARES

  • ५२२ संक्रमित थपिए, आठ जनाको मृत्यु

    काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय २२ जना कोरोना संक्रमित थपिएका छन्।

    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ५७८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

    हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५५ हजार ६६६ पुगेको छ।

    हाल देशभर ५ हजार २ सय २५ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा ४ हजार ५ सय ५१ पीसीआर परीक्षण भएको छ।

    यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९३ पुगेको छ।


    मंगलवार, पौष २१ २०७७०४:५७:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij