Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

मध्यावधि चुनावको बजेट निर्माणको तयारीमा आयोग

मध्यावधि चुनावको बजेट निर्माणको तयारीमा आयोग

  • सोमवार, पौष २० २०७७

  • 836
    SHARES

  • मध्यावधि चुनावको बजेट निर्माणको तयारीमा आयोग

    काठमाडौं । निर्वाचन आयोग सरकारले आगामी वैशाखमा गर्ने घोषणा गरेको मध्यावधि निर्वाचनको बजेट निर्माणको तयारीमा लागेको छ ।

    आयोगले निर्वाचन अवधिभरमा हुने काम र त्यसका लागि आवश्यक खर्चको अनुमान गर्दै बजेट तयार गर्न थालेको हो ।

    डेढ साताभित्रै आवश्यक बजेटको अनुमानित विवरण बनाएर अर्थ मन्त्रालयमा पठाउने तयारी भइरहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो ।

    आगामी वैशाख १७ र २७ मा मध्यावधि चुनाव गर्ने सरकारको तयारी छ । चुनाव घोषणापछि प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरिसक्नुभएको छ ।

    संसद् विघटनविरुद्ध सर्वोच्चमा मुद्दा परेपछि अहिले मध्यावधि चुनाव पनि अनिश्चित छ । यद्यपि, आयोगले भने वैशाखमा निर्वाचन हुने मानेर तयारी गरिरहेको प्रवक्ता श्रेष्ठले बताउनुभएको छ ।

    घोषणा भएअनुसारको मध्यावधि निर्वाचनका लागि आवश्यक बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयले स्रोतको जोहो गर्न थालेको छ ।


    सोमवार, पौष २० २०७७०९:१६:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij