Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

पाकिस्तानी सेनाको गोली लागेर भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु

पाकिस्तानी सेनाको गोली लागेर भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु

  • शुक्रवार, आषाढ २६ २०७७

  • 968
    SHARES

  • पाकिस्तानी सेनाको गोली लागेर भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु

    एजेन्सी । पाकिस्तानी सेनाले प्रहार गरेको गोली लागेर भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । शुक्रबार जम्मु काश्मीरको रजौरी जिल्ला नौसेरा सेक्टरस्थित एलओसीमा भारतीय सेनामा कार्यरत हवल्दार सम्बुर गुरुङको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    पाकिस्तानी सेनाको गोली लागेर गम्भीर घाइते भएका गुरुङको मृत्यु भएको भारतीय सेनाले पुष्टि गरेको हो । भारतीय रक्षा प्रवक्ता कर्णेल देभेन्द्र आनन्दले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हवल्दार सम्बुर गुरुङ एक साहसी, उच्च मनोबल भएका र इमान्दार सैनिक हुन् ।उनको कतर्व्य पालनाका क्रममा गरेको उच्च बलिदानीको मुलुक सधैं ऋणी रहनेछ ।’ -हिन्दुस्तान टाइम्स


    शुक्रवार, आषाढ २६ २०७७०३:५६:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij