Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

काँग्रेसको बैठकमा आज पनि संसद् पुनर्स्थापनाको पक्ष र विपक्षमा बहस हुने

काँग्रेसको बैठकमा आज पनि संसद् पुनर्स्थापनाको पक्ष र विपक्षमा बहस हुने

  • आइतवार, पौष १९ २०७७

  • 799
    SHARES

  • काँग्रेसको बैठकमा आज पनि संसद्  पुनर्स्थापनाको पक्ष र विपक्षमा बहस हुने

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्न लागेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउसो १ बजेपछि बस्नेगरी बैठक बोलाइएको छ ।

    यसअघि केही दिन बसेर गत १३ गते विरोध प्रदर्शन गरेको काँग्रेसले आगामी रणनीति र कार्यक्रमहरु तय गर्ने भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नु गलत भएको ठहर गरेको काँग्रेसले त्यसका विरुद्धमा आन्दोलन घोषणा गर्न लागेको छ ।

    आन्दोलन गर्ने विषयमा नेताहरुका बीचमा सहमती भएपनि प्रतिनिधि सभा पुनर्स्थापनाको विषय उठाउने की नउठाउने भन्नेमा मतान्तर रहेको छ ।

    सभापति देउवालगायका केही नेताहरु प्रतिनिधि सभा पुनस्र्थापना भन्दा पनि निर्वाचन तर्फ नै लाग्नु पर्नेमा जोड दिएका छन् भने बरिष्ठ नेता रामचन्द्र पौडेल, युवा नेता गगनकुमार थापालगायतका केही नेताहरु संसद विघटन असंवैधानिक भएकाले त्यसलाई सच्याउनु पर्नेलगायतका माग राखेर आन्दोलनमा जानुपर्ने पक्षमा हुनुहुन्छ ।

    आन्दोलनसँगसँगै पनि निर्वाचनको तयारी हुने भएकाले निर्वाचन हुने अवस्थामा निर्वाचनमा जान पनि सकिनेगरी भावी कार्यक्रम बनाउनु पर्ने उहाँहरुको भनाई छ ।

    काँग्रेसका अधिकांश नेता तथा कार्यकर्ताहरुले आन्दोलनका कार्यक्रम लिएर गाउँ गाउँमा जानु पर्ने र त्यहीबीचमा निर्वाचन वा पुनस्र्थापनाका बारेमा अदालतको फैसला अनुसार अगाडि बढ्नु पर्नेमा जोड दिने गरेका छन् ।


    आइतवार, पौष १९ २०७७०९:३६:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij