Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक पुस १९ सम्म स्थगित

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक पुस १९ सम्म स्थगित

  • शुक्रवार, पौष १० २०७७

  • 824
    SHARES

  • नेपाली कांग्रेस केन्द्रीय समिति बैठक पुस १९ सम्म स्थगित

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक पुस १९ गतेसम्मका लागि स्थगित गरेको छ।

    अब पुस १९ गते दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    गत मंगलबारदेखि केन्द्रीय कार्यसमिति बैठक आजसम्म चलेको थियो।

    कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दैछ। पुस १६ गते मेलमिलाप दिवसमा जिल्ला कार्यसमितिहरूले कार्यक्रम गर्ने पनि कांग्रेसको तयारी छ।

    गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेका थिए।

    उक्त कदम असंवैधानिक भन्दै कांग्रेसले आन्दोलन गर्न लागेको छ। आन्दोलनका लागि अहिले केन्द्रीय समिति स्थगित गरिएको कांग्रेसले जनाएको छ।

    कांग्रेसभित्र तत्काल आन्दोलनमा जाने कि अदालतको आदेश पर्खने भन्नेमा नेताहरूबीच मतभेद छ।


    शुक्रवार, पौष १० २०७७०६:३६:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij