Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

‘अन्त्यमा सबैलाई माइतीघर मन्डला नै चाहिने रहेछ !’

‘अन्त्यमा सबैलाई माइतीघर मन्डला नै चाहिने रहेछ !’

  • शुक्रवार, पौष १० २०७७

  • 1.4K
    SHARES

  • ‘अन्त्यमा सबैलाई माइतीघर मन्डला नै चाहिने रहेछ !’

    काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्माको कदमविरुद्ध आन्दोलन सुरु गरेको छ । आज काठमाडौंस्थित माइतीघरबाट सुरु भएको आन्दोलनमा मुख्य तीन शीर्ष नेता पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल पनि सडक आन्दोलनमा उत्रिनुभएको छ । उहाँहरु तीनैजना पूर्वप्रधानमन्त्री हुनुहुन्छ ।

    यसरी देशका प्रधानमन्त्री भइसकेका मानिस पुनः सडकमा आउनुपरेको भन्दै सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । छँदाखाँदाको बहुमतको सरकार ढाल्न खोज्नाले नेकपाका ओलीइतरका शीर्ष नेताहरु सडकमा आउनुपरेको उनीहरुको तर्क छ ।

    सरकार र सत्तानिकट हुँदा यी शीर्ष नेताले माइतीघरमा यसअघि भएका विभिन्न आन्दोलनलाई वेवास्ता गर्ने गरेको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आरोप लगाएका छन् । तर, अहिले आफैंलाई परेपछि भने उनीहरुले माइतीघरकै सहारा लिनुपरेको कतिपयको रमाइलो तर यतार्थ विश्लेषण छ ।

    prachanda_ClGZF4MJwK.jpg

    ‘अन्त्यमा सबैलाई माइतीघर मन्डला नै चाहिने रहेछ !’, फेसबुकमा सञ्जीव वाग्ले लेख्नुहुन्छ, ‘माइतीघर क्षेत्रमा पछिल्लो तीन वर्षमा भएका सबैखाले बिरोध प्रदर्शनलाई नजरअन्दाज गर्नु भएका उहाँहरु आफैलाई ठोक्न थालेपछि गुहार लगाउन त्यहीँ आइपुग्नुभएछ ।’

    अर्का फेसबुक प्रयोगकर्ता सरोज बस्नेतले पनि वाग्लेकै जस्तो आशय व्यक्त गर्नुभएको छ । प्रचण्ड-नेपाल समूहका नेताहरु माइतीघरको सडकमा बसेको तस्बिर पोस्ट गर्दै ठट्टाको शैलीमा उहाँले लेख्नुभएको छ, ‘काम्रेडहरुलाई दुःख पर्दा आखिर जाने त माइतीघर नै त रैछ नि !'

    यसैबीच, प्रतिनिधि सभा विघटनको विरोधमा अहिले प्रचण्ड–नेपाल समूहका शीर्ष नेताहरु निर्वाचन आयोग पुगेका छन् ।

     

     


    शुक्रवार, पौष १० २०७७११:५८:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij