काठमाडौं । देशभर पछिल्लो २४ घण्टाको अवधिमा थप ६१३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा काठमाडौँ उपत्यकामा मात्रै थप २ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा १०० महिला र १४४ पुरुष रहेका छन्।
संक्रमित हुनेमा काठमाडौँमा १९९, भक्तपुरमा १८ र ललितपुरमा २७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साहि अवधिमा मुलुुकभर ७३९ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् ।
योसँगै निको हुनेको २ लाख ४७ हजार ४०० संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ७ हजार ३८४ छ । संक्रमणबाट आज थप ५ जनाको मृत्युु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।